National life

सुनकोसी मरिणको सुरुङ निर्माण सम्पन्न, प्रधानमन्त्रीद्वारा भोली ब्रेक थ्रू गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ वैशाख २०८१, मङ्गलबार
1.1kShares
सुनकोसी मरिणको सुरुङ निर्माण सम्पन्न, प्रधानमन्त्रीद्वारा भोली ब्रेक थ्रू गरिने
ncell

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । तराई–मधेसका विभिन्न जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको उक्त निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ मार्गको काम सम्पन्न भएको छ । निर्माण कम्पनीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले (भोली) वैशाख २६ गते सुरुङ मार्गको ब्रेक थ्रू गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

‘प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुनेछ’, रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरू, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ।

यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यवसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँ स्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनेछन् । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो ।

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो ।

उपकरण प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको र अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले दूधकोसी र माथिल्लो अरुणमा समेत टिबिएम प्रयोग गर्ने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?