National life

सुनचाँदीको मूल्यमा भारी अंकको गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
548Shares
सुनचाँदीको मूल्यमा भारी अंकको गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। आज मंगलबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रति तोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्यमा समेत गिरावट आएको छ ।

Royal Enfield
nic asia capital
आज तेजावी सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता, चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ। मङ्गलवार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपियाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?