National life

११ गते देखि तिहार लक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
395Shares
११ गते देखि तिहार लक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । तिहारलाई लक्षित गर्दै  नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको ९मेडालियन० सिक्का बिक्री गर्ने भएको छ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले यही कात्तिक ११ गते देखि १४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो। राष्ट्र बैंकले २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म बिक्री हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रबैंकले आज सूचना प्रकाशन गर्दै चाँदीको मेडालियन सिक्का पनि गाई अंकित २५ ग्राम, गाई अंकित, लक्ष्मी अंकित ,गणेश अंकित १०, र १० गजलक्ष्मी अंकित १० ग्राम रहेको जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ ।

सुनको असर्फीको दररेट दैनिक निर्धारण गरिनेछ । असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?