National life

तारकेश्वरमा ‘पहिलो तारकेश्वर तिहार फ्लावर एक्स्पो २०८१’ को आयोजना हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
484Shares
तारकेश्वरमा ‘पहिलो तारकेश्वर तिहार फ्लावर एक्स्पो २०८१’ को आयोजना हुँदै
ncell

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा आयोजना हुन लागेको ‘पहिलो तारेकेश्वर तिहार फ्लावर एक्स्पो २०८१’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

तारकेश्वर किसान हाँटवजारको आयोजनामा उक्त एक्स्पोको आयोजना गरिन लागेको हो । उक्त एक्स्पो तारकेश्वर नगरपालिका ८, लामबगर, मनमैँजु, पेट्रोल पम्प नजिकै रहेको मिस्टर केकको प्राङ्गणमा पहिलो पटक आयोजना हुन लागेको आयोजक लक्ष्मण तिमिल्सनाले बताए ।

तिमिल्सनाका अनुसार यहीँ कार्तिक १४ गते देखी आयोजना हुने एक्स्पो कार्तिक १७ गतेसम्म बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

Royal Enfield
nic asia capital

एक्स्पोमा फुलैफुलको पर्व तिहारलाई लक्षित गरेर तिहार विशेष फुलहरू मखमली, गोदावरी, सयपत्री र चाँदी तथा सुनको जलप लगाएका कचौरा थालहरू, गाईको गोवर, बिमिरो, भोगटे, माटोका दियो पालाहरू र सप्तरङ्गी टीकाहरू समेत किनबेचका लागि राखिने आयोजकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?