काठमाडौँ । नक्कली नोट बनाउने काममा संलग्न रहेका ८ जनालाई सर्लाहीबाट पक्राउ गरिएको छ । सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा २ जना भारतीय नागरिक र ६ जना नेपाली नागरिक रहेका हुन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्राम पञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज ग्राम पञ्चायत–८ का ४० वर्षीय सुबोध कुमार रहेका छन् ।
यस्तै नक्कली नोटको कारोबारमा संलग्न काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह,रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राई, ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई प्रहरीले नियन्त्रण लिएको हो ।
प्रहरीले १ हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको जनाएको छ ।


































