National life

क्यानले गर्याे नेशनल आईसीटी स्कलरसिप २०८० को आवेदन खुल्ला, दुर्गम क्षेत्रका विद्यार्थीलाई अवसर प्रदान गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
567Shares
क्यानले गर्याे नेशनल आईसीटी स्कलरसिप २०८० को आवेदन खुल्ला, दुर्गम क्षेत्रका विद्यार्थीलाई अवसर प्रदान गर्ने
ncell

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले नेसनल आईसीटी स्कलरसिप– २०८० को लागी आवेदन खुल्ला गरेको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको नेसनल आईसीटी स्कलरसिप– २०८० को लागी आवेदन खुल्ला गरेको हाे ।

क्यानले आज काठमाडौंको याक एण्ड एति होटलका पत्रकार सम्मेलन गर्दै छात्रवृत्तिको आवेदन खुल्ला गरेको हो ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Royal Enfield
nic asia capital
उक्त छात्रवृत्ति काठमाण्डौंको मैतीदेविमा रहि विगत दुई दशकभन्दा बढि समय देखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको क्यानले जनाएको छ । सो छात्रवृत्ति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप २०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बांकी ४२ जनालाई आंसिक छात्रवृत्ति प्रदान गरीने क्यान महासंघले जनाएको छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ ।

विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरर्गत हालसम्म ११० जना विद्यार्थीहरु अध्ययनरत रहेको क्यानले जनाकारी दिएको छ ।

त्यस्तै यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने र आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान क्यानले जनाएको छ ।

क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउने भएका छन् । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटीको अध्ययन गर्न पाउने अवसर प्राप्त गर्न सक्ने भएका छन् ।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन । छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने क्यान महासंघले जानकारी दिएको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट https://www.can.org.np/ र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट https://www.lbef.org/ मार्फत २०८० साल भदौ ३१ गतेभित्र आवेदन दिईसक्नुपर्ने क्यानले जानकारी दिएको छ । क्यानका अनुसार आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०८० साल असोज ७ गते हुने र २०८० साल असोज १० गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको क्यान महासंघले बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?