National life

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक सङ्घीय संसद्मा टेबुल हुन्छ : मन्त्री राई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
484Shares
प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक सङ्घीय संसद्मा टेबुल हुन्छ : मन्त्री राई
ncell

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षासम्बन्धी विधेयक छिट्टै सङ्घीय संसद्मा टेबुल हुने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताएका हुन् ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता संयुक्त राज्य अमेरिका जाँदै छन् ।

विधेयकमा आफूहरुको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उनले उक्त जानकारी गराएको नेपाल विद्यालय परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए ।

Royal Enfield
nic asia capital

उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषद्बाट पारित भए पनि सरोकारपक्षको विरोधका कारण मन्त्रिपरिषद्मै पुनः विचारको स्थितमा छ ।

विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?