National life

काठमाडौँमा आजदेखि एक साता बिजुली अवरुद्ध हुने, कुन क्षेत्रमा कुन दिन अवरुद्ध हुन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
597Shares
काठमाडौँमा आजदेखि एक साता बिजुली अवरुद्ध हुने, कुन क्षेत्रमा कुन दिन अवरुद्ध हुन्छ ?
ncell

काठमाडौँ । आजदेखि काठमाडौँका विभिन्न स्थानमा एक सातासम्म बिजुली अवरुद्ध हुने भएको छ।

आज काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले  सार्वजनिक गरेको सूचना अनुसार काठमाडौँका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने भएको हो।

आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको छ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपल बोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

Royal Enfield
nic asia capital

सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रवि भवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। मङ्गलवार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गतका पाँगा सडक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। त्यस्तै बिहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडर अन्तर्गतका कालीमाटी चोक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

शुक्रवार वानेश्वर वितरण केन्द्रको बौद्ध क्षेत्रमा महाकाल फिडर अन्तर्गत पर्ने स्थानमा विद्युत् अवरुद्ध हुनेछ। शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडर अन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत् अवरुद्ध हुने आयोजनाले जनाएको छ।

मौसम प्रतिकूल भएको अवस्थामा भने विद्युत् आपूर्ति बन्द नहुने आयोजनाले सूचनामा उल्लेख गरेको छ । विद्युत् प्राधिकरणले पनि आइतबार अर्को सूचना जारी गरेर बलम्बू वितरण केन्द्रको मातातिर्थ फिडर अन्तर्गत पर्ने मातातिर्थ क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?