काठमाडौं । काठमाडौंका केही स्थानमा यो साता विद्युत् आपूर्ति अवरूद्ध हुने भएको छ।
विद्युत् प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत सेवा अवरुद्ध हुने भएको छ ।
प्राधिकरणले आज (आईतवार) देखि लगातार ६ दिनसम्म कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भुमिगत गर्ने कार्य भइरहेको कारण केहि फिडरहरू अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।
बत्ति जाने स्थानहरूमा साँखु बजार,छाउनी अस्पताल क्षेत्र,सुविधानगर, सिनामंगल र भिमसेनगोला क्षेत्र,सोल्टीमोडदेखि कलंकी, मैत्रीनगर र टैंगलाफाँट क्षेत्र, मुलपानी फिडर अन्तर्गत फिकल चोकदेखि बाबा चोकसम्म रहेको छ ।
साथै मौसम प्रतिकुल रहेको खण्डमा सटडाउन नहुने प्राधिकरणले जानकारी दिएको छ।

































