National life

कुलमानले तर्साउने र धम्काउने काम गरेको भन्दै उद्योगी आफैँले काटे बत्तिको लाइन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
468Shares
कुलमानले तर्साउने र धम्काउने काम गरेको भन्दै उद्योगी आफैँले काटे बत्तिको लाइन
ncell

काठमाडौँ । नेपाल विद्युत प्राधिरकणले अनावश्यक धरपकड गरेको भन्दै आफ्नो उद्योगको लाइन लाइन आफैँ काटेका छन्। उद्योगीले आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले धरपकड थालेपछि स्वतःस्फूर्त रूपमा बिजुली कटौती गर्न थालिएको उल्लेख गरेका छन् ।

‘पीडित तथा प्रताडित उद्योगी समूह’को नाममा जारी विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणले असार २५ र २६ गते ५ वटा उद्योगमा बिना कारण विद्युत् आपूर्ति बन्द गरेपछि आफूहरुले असार २७ गते नै विज्ञप्ति मार्फत उक्त कदमको विरोध गरेका गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तै, उक्त विज्ञप्ति मार्फत बिजुली कटौती गरिएका उद्योगमा निर्बाध रूपमा प्राधिकरणले बिजुली आपूर्ति नगरे बाँकी उद्योगमा आफैँ बिजुली आपूर्ति बन्द गर्ने उद्योगीले बताएका छन् ।

Royal Enfield
nic asia capital

‘उक्त विज्ञप्ति पछि पनि प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न अग्रसरता देखाउनु भन्दा पनि उद्योगीलाई तर्साउने र धम्काउने कामलाई निरन्तरता दियो’, विज्ञप्तिमा भनिएको छ, ‘उद्योगीलाई अतिरिक्त महसुल तिर्नुको आधार र कारण जानकारी गराउनु भन्दा पनि थप उद्योगमा विद्युत् आपूर्ति बन्द गर्यो । जसले गर्दा हामी पीडित तथा प्रताडित उद्योगी समूहले गत असार २७ गते जानकारी गराए अनुसार नै आज ९असार ३० गते आइतबार० बाट स्वतःस्स्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्ने निर्णय गरेका छौँ ।’

तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको तोकेका सर्त पुरा हुने गरी प्रमाण दिएको हदसम्म सबै महसुल चुक्ता गर्ने बारम्बार बताउँदा बताउँदै पनि देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगमा बिजुली कटौती गर्ने कदमले आफूहरुको मनोबल कमजोर बनाएको विज्ञप्तिमा उल्लेख छ ।

हालको विवाद समाधान हुने बाटोमा नगएसम्म उद्योगले प्राधिकरणबाट बिजुली नलिने पनि विज्ञप्तिमा मार्फत जानकारी दिइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?