National life

गृहमन्त्री लामिछाने र इप्पानबीच भेट, ऊर्जा आयोजनका लागि 'ऊर्जा सुरक्षा नीति' बनाउन माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ जेठ २०८१, बुधबार
493Shares
गृहमन्त्री लामिछाने र इप्पानबीच भेट, ऊर्जा आयोजनका लागि 'ऊर्जा सुरक्षा नीति'  बनाउन माग
ncell

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै'ऊर्जा सुरक्षा नीति' बनाउन माग गरेको छ ।

बुधवार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग गरेका हुन् ।

कार्कीले प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरु प्रतक्षरुपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे ।

भेटमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिवद्ध रहेको बताए ।

Royal Enfield
nic asia capital

मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ती र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधै सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे ।

गृह मन्त्रालयमा भएको उक्त भेटमा इप्पान अध्यक्ष गणेश कार्की सहित उपाध्यक्ष राम प्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए ।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?