काठमाडौँ । कुलेखानी जलाशयमा पानीको सतह घटेसँगै खुला गरिएका ड्यामको ढोका बन्द गरिएको छ।
वर्षा कम भएको र ड्यामको ढोका खोलेर सतहको पानी डिस्चार्ज गरेसँगै शनिवार बेलुकादेखि ढोका पुनः बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका एक प्रतिनिधिले जानकारी दिएका छन् ।
आइतबार बिहान ७ बजे कुलेखानी जलाशयमा १ हजार ५ सय २८ दशमलव ३८ सेन्टिमिटर पानीको सतह रहेका छ । जलाशयमा अहिले प्रतिघण्टा ५ सेन्टिमिटर पानी संकलन हुने गरेको उक्त प्रतिनिधिको भनाई छ ।
जलाधार क्षेत्रमा व्यापक वर्षा भएकाले ड्यामको सुरक्षार्थ शनिवार बिहान ५ः४० मा २ वटा ढोका खोलेर पानी पानी डिस्चार्ज गरिएको थियो । कुलेखानी जलाशयको २ वटा ढोका साढे ४ मिटर खोलिएको थियो । जलाशयको सतह कम भएपछि ड्यामको ढोका लगाइएको हो ।
जलाशय भरिएर ओभरफ्लो हुँदा समेत १ हजार ५३१ मिटर पुगेको थियो । कुलेखानी ड्याम खोलेका कारण इन्द्र सरोवर गाउँपालिका(३ सिस्नेरीमा प्रहरी चौकी भवनसहित २ दर्जन घर बगायो ।




































