National life

भाटभटेनीको छतमा सोलर जडान गरेर १२.७५० मेगावाटको सौर्य विद्युत उत्पादन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ मंसिर २०८१, शनिबार
946Shares
भाटभटेनीको छतमा सोलर जडान गरेर १२.७५० मेगावाटको सौर्य विद्युत उत्पादन गर्ने
ncell

काठमाडौं। भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर र रिन्यु होल्डिङ्सबीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरुको छत तथा खाली स्थानहरुलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ। यस समझौतापत्रमा भाटभटेनीको तर्फबाट संचालकसाबित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबंध निर्देशक किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिंग स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ । भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लियेको छ, जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्नेछ। रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाहरूले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
946SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?