National life

सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण बदलियो ? : वर्षमान पुन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
800Shares
सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण बदलियो ? : वर्षमान पुन
ncell

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले प्रधानमन्त्रीकै विगतको अभिव्यक्ति स्मरण गराउँदै सरकारसँग जवाफ माग गरेका हुन्।

उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनाले आफू स्तब्ध भएको बताए। उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गते (२६ जनवरी २०२३) को स्टाटस उद्धृत गर्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘एकजना नागरिक आफूले देखेको प्रगतिका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेका सबैलाई आफ्नो विगत र आगत वर्णन गर्दै आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र संकेत होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’

पुनले प्रधानमन्त्री नयाँ आशा र विश्वासका साथ जनमत लिएर आएको उल्लेख गर्दै अहिलेको घटनाले राज्यको भूमिकामाथि प्रश्न खडा गरेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्छ, नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमतका साथ आउनुभएको छ। यो के राज्यको असफलता हो? या गरिब, दुःखी, विपन्न र सुकुम्बासीहरू राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, गरी खान पाउँदैनन् भन्ने संकेत हो?’

उनले सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण परिवर्तन भएको हो कि भन्दै जवाफ माग गरे।

त्यस्तै नेता पुनले आफ्नो गृहजिल्ला रोल्पामा बढ्दो सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराए। उनले गत २४ गते भएको सडक दुर्घटनामा १९ जना घाइते भएको र चार जनाको अवस्था गम्भीर रहेको जानकारी दिँदै गत वर्ष यस्तै दुर्घटनामा १७ जनाको मृत्यु भएको तथा यस वर्ष मात्रै ३८ जनाको ज्यान गएको बताए।

उनले सडक दुर्घटना बढ्नुको कारणबारे छानबिन गर्न माग गरे। सवारी साधनको अवस्था, सडकको गुणस्तर, चालकको लापरबाही, यात्रुको चाप, मौसमी अवस्था वा प्रशासनिक कमजोरीमध्ये कुन कारण जिम्मेवार छ भन्ने विषयमा सरकारले अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।

यसैगरी उनले कम्बोडियामा हिरासतमा रहेका नेपाली नागरिकको उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए। रोल्पाको सुनिल स्मृति गाउँपालिका–६ का एक नागरिकसहित लुम्बिनी प्रदेशका १५ जना नेपाली नागरिक तीन महिनादेखि कम्बोडियामा हिरासतमा रहेको उनले बताए।

उनले भने, ‘मैले परराष्ट्र मन्त्रालयका विभिन्न च्यानलमा पनि जानकारी गराइसकेको छु। उहाँहरूको अवस्थाबारे तत्काल जानकारी लिने र छिटोभन्दा छिटो उद्धार गर्ने काम सरकारले गरोस्।’

nic asia capital

नेता पुनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेतर्फ पनि सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?