National life

विश्वासको मत लिनुअघि नै मुख्यमन्त्री बानियाँको राजीनामा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०१ भदौ २०८३, सोमबार
907Shares
विश्वासको मत लिनुअघि नै मुख्यमन्त्री बानियाँको राजीनामा
ncell

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्नुअघि बानियाँले आफ्नो करिब एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख काम तथा उपलब्धिबारे प्रदेशसभामा जानकारी गराएका थिए। उनले सरकारका कामको प्रगति २८ बुँदामा प्रस्तुत गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेकपा एमालेले गत ६ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो।

सोहीअनुसार सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका बानियाँले मतदान प्रक्रियामा जानुअघि नै राजीनामा घोषणा गरेका हुन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?