National life

शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
880Shares
शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग
ncell

मुगु । काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपाली पुर्खौली गाउँ शोकमा डुबेको छ । उनी जन्मिएको घर सुनसान छ ।

मुगुको सोरु गाउँपालिका–१ सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घन्टा लाग्छ । उनको निधनको खबरले गाउँ जअलधारा शोकमग्न भएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गाउँमा रोजीरोटी कठिन भएपछि परिवारको साथ गणेश भक्तपुरमा बस्दै आएका थिए । राइड सेयरिङ अर्थात पठाओको सेवा दिएर आफू र परिवारको पालनपोषणा गर्दै आइरहेका थिए ।

स्थानीय पदम बहादुर मल्लका अनुसार गणेशको पारिवारिक अवस्था कमजोर रहेको औंल्याउँदै पठाओका लागि प्रयोग भइरहेको मोटरसाइकल पनि भाडामा लिएको जानकारी छ । यस्तो अवस्थामा उनको परिवारलाई राज्यल उचित रेखदेख गर्नुपर्ने मल्लले बताए ।

अर्का स्थानीय सुरेश साहीका अनुसार गणेशको परिवार न्यून स्तरको भएको र आयस्तर कमजोर रहेको बताए । गणेशको जग्गाजमिन पनि थोरै रहेको र हाल बाँझो अवस्थामा रहेको उनले सुनाए । उनले गणेशको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै राज्य छ भन्ने अनुभूति हुनुपर्ने औंल्याए ।

गरिबीकै कारण गणेशको निधन भएपछि आफूहरु मर्माहत एवम शोकाकुल भएको मल्ल र शाहीले बताए ।

भक्तपुरमा डेरा गरी परिवारका साथ बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे। प्रत्यक्षदर्शीका अनुसार बिहीबार उनले रोकिराखेको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो।

महानगर प्रहरीको ज्यादती र विवाद सहन नसकी उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो लागेपछि गणेशलाई वीर अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा शुक्रबार बिहान गणेशको निधन भएको हो । शुक्रबार विहान चिकित्सकहरुले गणेशको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य अवस्था थप बिग्रने खतराका कारण रोक्नुपरेको जानकारी दिएको थियो। त्यसको केही बेरमै उनको निधन भएको थियो । 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?