National life

नेप्सेमा पहिरो! १०.६७ अंक घट्दा १९८ कम्पनीको सेयर मूल्य ओरालो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०५ भदौ २०८३, शुक्रबार
1KShares
नेप्सेमा पहिरो! १०.६७ अंक घट्दा १९८ कम्पनीको सेयर मूल्य ओरालो
ncell

काठमाडौँ। शुक्रबार नेप्से १०.६७ अंक घटेको छ । नेप्से परिसूचक आज २६१८ अंकमा कायम भएको छ। आज कारोबार रकम पनि केही घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कारोवार रकम पनि घटेर ४ अर्ब १६ करोडमा सिमित भयो ।अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएको थियो।

७० कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ । १० को मूल्य स्थिर रह्यो । समूहगत सूचकमा अन्य सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ ०.०४, विकास बैंक ०.५४, फाइनान्स ०.४३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.०४ तथा व्यापार ०.६८ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा सधैंझैं जलविद्युत् समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको २ अर्ब ५० करोडको कारोबार भयो ।

त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो । हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोको १३.८६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.५१, हाथवे इन्भेस्टमेन्टको ४.९९, प्रतिशत मूल्य बढ्यो ।

धौलागिरि लघुवित्तको मूल्य ५.२६, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ४.१७, ग्रामीण विकास लघुवित्तको ३.८७ प्रतिशत मूल्य घट्यो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?