National life

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२५ असार २०८३, बिहिबार
759Shares
नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने
ncell

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ ।  बिहिबार मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।  

भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

छलफलमा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका कार्यक्रमबारे समीक्षा गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको उल्लेख गरिन् ।

राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् उनले नेपालका लागि थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिइन् ।

नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?