National life

प्रधानमन्त्री बालेन शाह पारिवारिक भ्रमणमा अस्ताम पुगे, भोलि मुस्ताङ जाने

बालेन शाह अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०५ भदौ २०८३, शुक्रबार
1.9kShares
प्रधानमन्त्री बालेन शाह पारिवारिक भ्रमणमा अस्ताम पुगे, भोलि मुस्ताङ जाने
ncell

पोखरा । प्रधानमन्त्री बालेन शाह पारिवारिक भ्रमणका क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित अस्ताम पुगेका छन्। पोखरा हुँदै उनी शुक्रबार दिउँसो करिब ३ बजे अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाहको यो भ्रमण पूर्णतः पारिवारिक रहेको छ। भ्रमणका क्रममा कुनै औपचारिक राजनीतिक वा सरकारी कार्यक्रम नरहेको जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री शाह शुक्रबार राति अस्तामस्थित सोही रिसोर्टमा बस्नेछन्। उनको शनिबार त्यहाँबाट मुस्ताङ जाने कार्यक्रम रहेको छ।

अस्ताम माछापुच्छ्रे क्षेत्रको पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। प्रधानमन्त्री शाहको भ्रमणलाई निजी तथा पारिवारिक भ्रमणकै रूपमा लिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?