National life

सर्लाहीमा पनि एक युवकद्वारा पेट्रोल छर्केर आत्मदाह प्रयास

आत्मदाह प्रयासपछि घाइते युवकको हेलिकप्टरमार्फत उद्धार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.1kShares
सर्लाहीमा पनि एक युवकद्वारा पेट्रोल छर्केर आत्मदाह प्रयास
ncell

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन्, जसका कारण उनी गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार गोडैता नगरपालिका–३ का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका हुन्। मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले घटनाबारे जानकारी दिँदै मण्डलको शरीरको ठूलो भाग जलेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते मण्डलको अवस्था गम्भीर रहेको छ र उनको उपचार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?