National life

आर्थिक अनियमितता मुद्दा: सशस्त्र स्कुलबाट दुई पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२१ असार २०८३, आइतबार
927Shares
आर्थिक अनियमितता मुद्दा: सशस्त्र स्कुलबाट दुई पक्राउ
ncell

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक अनियमितता भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा विद्यालयमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरी आइतबारदेखि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

सशस्त्र प्रहरी मुख्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको आशंकामा आवश्यक कारबाहीका लागि प्रहरीलाई अनुरोध गरेपछि अनुसन्धान सुरु गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्राथमिक अनुसन्धानमा विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामा सारिएको आशंका गरिएको छ। यस प्रकरणमा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएकाले विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।

घटनामा लेखा प्रमुख गुरुङको संलग्नता प्रमुख रूपमा रहेको प्रारम्भिक निष्कर्ष रहेको बताइएको छ। उनी विगत केही वर्षदेखि उक्त विद्यालयमा कार्यरत थिइन्।

यसैबीच, प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
927SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?