National life

सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२४ असार २०८३, बुधबार
740Shares
सिरहामा वन अधिकृत १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ
ncell

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो।

सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट वन अधिकृत यादवलाई १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पक्राउसँगै घटनास्थलमा मुचुल्का तयार गर्ने, प्रमाण संकलन गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रवक्ता प्रकाश पोखरेलका अनुसार पक्राउ परेका वन अधिकृतलाई नियन्त्रणमा लिएर घटनास्थलमै आवश्यक कानुनी प्रक्रिया पूरा भइरहेको छ। प्रक्रिया सम्पन्न भएपछि थप अनुसन्धानका लागि उनलाई बर्दिबास कार्यालय लगिने तयारी गरिएको छ।

यस घटनापछि वन कार्यालयसँग सम्बन्धित सेवामा हुने अनियमितता र घुसखोरी नियन्त्रणका विषयमा पुनः बहस सुरु भएको छ। अख्तियारले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?