National life

सुकुमबासी पहिचानमा चौंकाउने तथ्य, धेरैसँग अन्यत्र पनि जग्गा

बसपार्क व्यवस्थापन अघि बढ्दै, पुनर्वासका लागि नयाँ जग्गा खोजी सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
780Shares
सुकुमबासी पहिचानमा चौंकाउने तथ्य, धेरैसँग अन्यत्र पनि जग्गा
ncell

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यसमक्ष बुझाएको छ। करिब डेढ महिनाको अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो।

महानगरको प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीको संयोजकत्वमा बनेको समितिले बसपार्क क्षेत्रमा रहेका परिवारहरूको अवस्थाबारे विस्तृत अध्ययन गरेको थियो। अध्ययनका क्रममा ५७४ निवेदनको परीक्षण गर्दा २३३ परिवारसँग अन्य स्थानमा समेत जग्गा जमिन रहेको तथ्य फेला परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले जिल्ला प्रशासन कार्यालय र भूमि प्रशासन कार्यालयका डिजिटल प्रणाली प्रयोग गरेर विवरण प्रमाणित गरेको जनाएको छ। केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि अभिलेख प्रणालीमार्फत आवेदकहरूको विवरण जाँच गर्दा केही व्यक्तिहरूको नाममा अन्यत्र सम्पत्ति रहेको पुष्टि भएको संयोजक तिवारीले बताए।

समितिले प्रतिवेदनमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन नगरी हटाउन नहुने सुझाव पनि दिएको छ। प्रभावित परिवारहरूले सकेसम्म नजिकैको क्षेत्र, विशेषगरी वडा नम्बर ९ भित्र वा सहज पहुँच हुने स्थानमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन्।

यसैबीच महानगरपालिकाले सुकुमबासी व्यवस्थापनका लागि उपयुक्त जग्गा खोजी गर्न अर्को समिति गठन गरेको छ। प्रारम्भिक रूपमा छ स्थान सिफारिस गरिए पनि केही जग्गा अन्य निकायको स्वामित्वमा परेकाले थप अध्ययन जारी राखिएको छ।

वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको नेतृत्वमा रहेको समितिले नयाँ स्थानहरूको खोजी गरिरहेको छ भने सिफारिस गरिएका जग्गाको प्राविधिक मूल्याङ्कनका लागि इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा अर्को टोली खटिएको छ।

त्यसैगरी, विवाद समाधानका लागि न्यायिक समिति पनि सक्रिय रहेको महानगरले जनाएको छ। प्रस्तुत प्रतिवेदन अब महानगर कार्यपालिकाको बैठकमा छलफलका लागि राखिनेछ। आवश्यक निर्णयपछि सुकुमबासी व्यवस्थापन र बसपार्क क्षेत्रको जग्गा संरक्षणसम्बन्धी काम अगाडि बढाइने बताइएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?