National life

एमाले नेता विष्णु पौडेलविरुद्ध चौथो पटक थपियो म्याद, थप ५ दिन हिरासतमा राख्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२४ असार २०८३, बुधबार
769Shares
एमाले नेता विष्णु पौडेलविरुद्ध चौथो पटक थपियो म्याद, थप ५ दिन हिरासतमा राख्न अनुमति
ncell

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले म्याद थप गर्ने निर्णय गरेको हो। यसअघि पनि अदालतले विभिन्न चरणमा उनको हिरासत अवधि बढाउँदै आएको थियो।

पौडेललाई यसै महिनाको ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि अदालतले क्रमशः ७ दिन, ३ दिन र ६ दिनको म्याद थप गरिसकेको छ।

उता, पौडेलकी पत्नीले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन भने खारेज भएको छ। सर्वोच्चको उक्त निर्णयपछि अनुसन्धानका लागि उनलाई थप समय हिरासतमा राख्ने प्रक्रिया अगाडि बढेको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?