National life

मनकामना केबुलकार ५० करोडमा स्तरोन्नति गरिँदै,५० दिन केबुलकार बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ असार २०८१, आइतबार
557Shares
मनकामना केबुलकार ५० करोडमा स्तरोन्नति गरिँदै,५० दिन केबुलकार बन्द हुने
ncell

काठमाडौं । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबुलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो।

यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ। स्तरोन्नतिका लागि ३१ असारदेखि ५० दिन केबुलकार बन्द हुने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।

Royal Enfield
nic asia capital

डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ। त्यस्तै, हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबुलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ।

केबुलको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै, मेन केबुल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ । केबुलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?