National life

अख्तियारद्वारा लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
455Shares
अख्तियारद्वारा लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक करोड आठ लाख अड्चालीस हजार पाँच सय नब्बे रुपैयाँ छ पैसा वैधानिक आर्जन गरेको भन्दै अख्तियारले उनीबिरूद्द भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

अख्तियारका अनुसार कार्कीले २०५३ देखि २०७९ सम्म जागिर अवधिमा एक करोड आठ लाख अड्चालीस हजार पाँच सय नब्बे रुपैयाँ छ पैसा वैधानिक आर्जन गरेको देखिएको छ ।

सोही अवधिमा उनले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बिमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, बिभिन्न कम्पनीहरुको शेयर खरिद तथा लगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी पाँच करोड पचहत्तर लाख सतासी हजार तीन सय सत्तरी रुपैंयाँ बहत्तर पैसा देखिन आएको अख्तियारले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो सिर्जित आयबाट निजको व्यय घटाउँदा चार करोड सत्सठ्ठी लाख अठतिस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा बराबर रकम अवैध आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । सोहीअनुसार उनीविरुद्ध चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रूपैयाँ छैसठ्ठी पैसा बिगो कायम गरी मागदावी लिइएको अख्तियारले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?