National life

आज नेप्से दोहोरो अंकले घट्याे, १९३ कम्पनीको शेयर मुल्यमा गिरावट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
514Shares
आज नेप्से दोहोरो अंकले घट्याे, १९३ कम्पनीको शेयर मुल्यमा गिरावट
ncell

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४.२९ अंकले घटेर १,८६४ दशमलव ४० को विन्दुमा कायम भएो छ ।

आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

Royal Enfield
nic asia capital

आज दिनभरिमा २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ । यस कम्पनीको १ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको प्रमोटर शेयर, शिवम सिमेन्टस, साल्ट टेडिङ, हिमाल दोलखा, सिटिजन लाइफ, कुमारी बैंक र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.०५ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट बैंक डिबेञ्चरका इकाईधनीले ३.९० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३.४५ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सिवाईसी नेपाल लघुवित्त, किसान लघुवित्त, सबैको लघुवित्त, नबिल ब्यालेन्स फण्ड २, लक्ष्मी भ्यालु फण्ड २, सिभिल बैंकको डिभेञ्चर८८ र मिड सेलुको शेयर मूल्य बढेको छ।

आज सबैभनदा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यस्तै, एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने मेरो माइक्रोफाइनान्सको शेयरमूल्य ४.४३ प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?