काठमाडौं । दशैंका कारण नौं दिनपछि खुलेको शेयरबजार आज दाहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको २७ लाख १२ हजार १२३ कित्ता शेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजारको कारोबार भएको छ ।
आज २८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २ करोड ४७ लाखको कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंक, घोराही सिमेन्टस, सानिमा जिआईसी, एनआईसी एशिया, शिवम सिमेन्टस, हिमालयन डिष्टलरी र हिमालयन लघुवित्तको शेयर सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.९९ प्रतिशतका दरले कमाएका हुन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । नेशनल हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, एनआईबीएल प्रगती फण्डको ५.५७, एनआईसी एशिया ग्रोथ फण्डको ५.५३ र इन्ग्वा हाइड्रोपावरको शेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ ।































