काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको हो ।
नेप्से बढेसँगै आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज १९९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार बराबरको कारोबार भएको छ ।
आज सोल्टी होटलको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोनापुर मिनिरल्सको पाँच करोड ६२ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको तीन करोड ७८ लाख रुपैयाँ, हिमालयन बैंकको प्रोमोटर शेयरकको तीन करोड बढी रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानकिर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.२८ प्रतिशतका दरले गुमाएका हुन् ।
यी हुन् आज सबैभन्दा धेरै कमाउने कम्पनीहरु

यी हुन् आज सबैभन्दा धेरै गुमाउने कम्पनीहरु
































