National life

शेयर बजार दोहोरो अंकले बढ्याे, १४४ कम्पनीको मुल्यमा बृद्धि हुँदा काराेबार कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
588Shares
शेयर बजार दोहोरो अंकले बढ्याे, १४४ कम्पनीको मुल्यमा बृद्धि हुँदा काराेबार कति ?
ncell

काठमाडौं । मंगलबार शेयर बजार बढेको छ । शेयर बजार नेप्से परिसुचक आज ११.२२ अंकले बढेको हो ।

मंगलबार शेयर बजार ११.२२ अंकले बढेर १८५८.७६ को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज १४४ कम्पनीको शेयर मुल्य बढेको छ भने ८३ कम्पनीको शेयर मुल्य घटेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ । आज २८५ कम्पनीको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजार बढेसँगै हिमालयन बैंकको प्रोमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । आज बैंकको नौ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, माछापुछ्बैंकको ६ करोड ३८ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको पाँच करोड ८७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको पाँच करोड बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले कमाएका छन् । सोनापुर मिनरल्सका लगानीकर्ताले ५.२८ प्रतिशतका दरले कमाएका छन् । सिटिजन लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.२६ प्रतिशतका दरले गुमाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?