काठमाडौं । काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईःको आन्दोलन रोकिने भएको छ । ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच बुधबार चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित हुने भएको हो ।

सहमतिको खाकामा भनिएको छ, ‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’ यो सहमति हुने भएपछि अभियन्ता ईः ले आन्दोलन रोक्ने निर्णय गरेका हुन् ।







































