National life

आरके शर्मासहितलाई हदैसम्मको कारवाहीको माग गर्दै बद्री केसीको जाहेरी दर्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
659Shares
आरके शर्मासहितलाई हदैसम्मको कारवाहीको माग गर्दै बद्री केसीको जाहेरी दर्ता
ncell

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा.बद्री केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितबिरूद्द जाहेरी दर्ता गराएका छन् । केसीले आज प्रहरी वृत्त दरवारमार्गमा जाहेरी दर्ता गराएका हुन् ।

जाहेरीमा आफूसँग पराजित उपविजेता राजेन्द्र कुमार शर्मा,बुद्धिसागर सुवेदी,गंगाधर गौतम,ठाकुर प्रसाद ढुंगाना र ओम शर्मालगायतमाथि तीनवटा अलग अलग अभियोगमा कारवाहीको माग गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पराजित भएपछि पनि केन्द्रीय कार्यालय कब्जा गर्ने उद्देश्यले माओवादीका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित वाइसिएलको टोली लिएर गएका शर्माको समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको केसी पक्षले जनाएको छ ।

दर्ता भएको जाहेरीमा जीउ ज्यान र सम्पत्तिको शान्ति सुरषा,हुलदंगा गर्ने व्यक्तिहरुमाथि अभद्र व्यवहारको कसूरमा कारवाही र वैयक्तिक गोपनियता तथा प्रतिष्ठथाविरुद्धको कसूरमा कारवाहीको माग गरिएको छ ।

त्यस्तै, जाहेरीमा संघको कार्यालय र राष्ट्र बैकको समेत सिसिटिभी क्यामेराको फुटेज हेरेर कानूनी कारवाहीको माग गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?