National life

एनआरएनए कार्यालयमा लफडा,आरके समूहमाथि केसी पक्षद्वारा हातपात

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
1.2kShares
एनआरएनए कार्यालयमा लफडा,आरके समूहमाथि केसी पक्षद्वारा हातपात
ncell

काठमाडौं । गैर आवासीय नेपाली संघको सचिवालयमा समानान्तर समिति बनाएका आरके शर्मा पक्षमाथि हातपात भएको छ। संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि हातपात र अभद्र व्यवहार भएको हो ।

घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ । अन्यलाई भने कुनै चोट भने नलागेको बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा घटना भएको हो ।

संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?