National life

गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैन : सुनिल शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०३ माघ २०८२, शनिबार
1.2kShares
गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैन : सुनिल शर्मा
ncell

काठमाडौँ । नेपाली काँग्रेसका नेता नेता डा। सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।ं

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगले आधिकारिकता दिलाएको काँग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरू पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गरेका हुन् ।

उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताए ।

Royal Enfield
nic asia capital
नेता शर्माले संस्थापन पक्षका नेताहरूलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरूले मिलाएर लैजाने विश्वास समेत व्यक्त गरे ।

उनले आगामी निर्वाचनमा काँग्रेस एक्लैले लड्ने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गरे । गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरू लाग्ने नेता शर्माको भनाई थियो ।

उनले भने ‘यो भेला जुन भयो नि । त्यो अधिकांश मानिसहरू उत्पीडित थिए । स्पेसल्ली यो गत ५ वर्ष भित्रमा नहुनुपर्ने धेरै कुराहरू काँग्रेस पार्टी भित्र भएका थिए । संस्थापनमा नलागेका साथीहरूलाई उत्पीडनमा राखिएको थियो । टिकट वितरणमा ठुलो चलखेल हुन्थ्यो । यी विविध कुराहरूले गर्दा पब्लिकले पनि, आम नागरिकले पनि र क्याडरले पनि चेन्जेज चाहेको थियो । त्यो चेन्जको यो एउटा परिणाम हो । अव यसलाई सबैले स्विकार जाने र पार्टीलाई मिलाएर जाने बाहेक अर्को विकल्प छैन । पार्टीलाई मिलाउनु पर्छ दुवै पक्षका नेताहरूले । अहिले पार्टी फुटेको होइन । अधिवेशन भयो । यो भ्यालिड भइसक्यो । अब अधिवेशनप्रति असन्तुष्ट राख्ने साथीहरूलाई जो अधिवेशनबाट सभापति गगनजी, विश्वप्रकाशजीहरुलगायतका साथीहरूले मिलाउनु हुन्छ । मिलाउनु पर्छ । लोकतन्त्रमा गुट स्वाभाविक हुन्छ । लोकतन्त्रमा प्रतिस्पर्धाहरू त स्वाभाविक हुन नि त । प्रतिस्पर्धा नै भएन भने त कम्युनिष्ट सिस्टम भइहाल्यो नि । त्यसकारण लोकतन्त्रमा प्रतिस्पर्धालाई सामान्य रूपमा लिनुपर्छ । विधि र विधान भित्र रहेर प्रतिस्पर्धा हुनुपर्छ । अहिले यो निर्वाचन आयोगले जे दिएको छ । त्यसलाई स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन । त्यो मिलाएर लिएर जानुपर्छ । झगडा पर्दा, टसल हुँदा कसले के भन्यो, त्यो अलग कुरा हो । आजबाट परिस्थिति चेन्ज हुन्छ । नेताहरू सबै विवेकशील हुनुहुन्छ । बुद्धिमान हुनुहुन्छ । जो अहिले डिलरसिपमा आउनु भएको छ । उहाँहरू बुद्धिमान हुनुहुन्छ । जो वर्षौँसम्म पार्टी सत्ता चलाएर बस्नु भएको छ । उहाँहरू पनि बुद्धिमान हुनुहुन्छ । सबैले आफ्नो इगो त्याग्ने, काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने । आगामी निर्वाचनमा काँग्रेससँग ठुलो प्रतिस्पर्धा नै हुँदैन । अब हामी स्विप गरिहाल्छौ नि । अव सबै गाउँ छिर्ने हो । ढ्याक ढ्याक पारेर मेजरिटी ल्याउने हो । देउवा पक्ष ओलीसँग मिल्न जानु हुन्छ जस्तो मलाई लाग्दैन । नेपाली काँग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन । सिंगल चुनाव लड्छ । २६५ वटै ठाउँमा हाम्रा उम्मेदवारहरू हुन्छन् । मलाई लाग्छ–हामी मेजरिटी ल्याउँछौ । मलाई के लाग्छ भने नयाँ आएको टिम हाम्रा दाइहरू हुनुहुन्छ, अव हिजो भएको मिस्टेक अब हुँदैन होला । अहिले गठबन्धन हुन्छ जस्तो मलाई लाग्दैन । अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ भन्ने नै हो । त्यसमा दुबिधा छैन, बनाउने हो ।’

नेता शर्माले काँग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?