National life

चितवन जिल्ला प्रशासनले भन्यो : रास्वपाको र्‍यापिड एक्सन टिमले सडक खुलाउन सहयोग गरेको छैन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
514Shares
चितवन जिल्ला प्रशासनले भन्यो : रास्वपाको र्‍यापिड एक्सन टिमले सडक खुलाउन सहयोग गरेको छैन
ncell

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिम (र्‍याट) ले मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो खुलाउन सहयोग नगरेको बताएको छ । प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टीले मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापन गर्न कुनै सहयोग नगरेको बताएको हाे । रास्वपाले नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम खटाएको दाबी गरेपनि प्रशासनले बुधवार एक विज्ञप्ति जारी गर्दै यस्ताे जनाएको छ ।

‘मुग्लिङ–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका र्‍ याट टिम कालिखोला लगायतका ठाउँहरूमा खटिएका छन् भनी सुन्तला रंगको ज्याकेटमा र्‍याट लेखि वाकीटकी संचार सहितका युवाको फोटो सहितको पोष्टमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रशासनले भनेको छ ।

Royal Enfield
nic asia capital

मंगलबार मुग्लिङ–नारायणगढ सडक खण्डको कालिखोला भन्ने स्थानमा माथिबाट लेदो सहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडक विभाग सहितका राज्यका अङ्गबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाइएको प्रशासनको भनाइ छ ।

सडक सुचारु गराई ट्राफिक व्यवस्थापन समेत गरेको दाबी गरिएपनि प्रशासनले त्यसमा कुनै अमुक दल तथा सो अन्तर्गतका सङ्गठनको सहयोग नलिइएको स्पष्ट गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?