National life

तत्कालिन गृहमन्त्री लेखक कारबाही योग्य: डा. शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२९ कात्तिक २०८२, शनिबार
1.4kShares
तत्कालिन गृहमन्त्री लेखक कारबाही योग्य: डा. शर्मा
ncell

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पार्टीबाट कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन्। शनिबार बिहान विश्व सञ्चाल परिवारले आयोजना गरेको “नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको महाधिवेशन तथा भावी कार्यदिशा” विषयक भर्चुअल कार्यक्रममा उनले लेखकलाई पाँच वर्षसम्म साधारण सदस्यतासम्म नरहने गरी निष्कासन गर्नुपर्ने माग राखे।

डा। शर्माले कांग्रेस महामन्त्री गगन थापालाई पार्टीलाई जनतामाझ ‘क्लिन इमेज’मा पुनः स्थापना गर्न निर्णायक कदम चाल्न आग्रह गरेका छन्।

Royal Enfield
nic asia capital
उनका अनुसार भदौ २३ र २४ का घटनामा कांग्रेसको पनि जिम्मेवारी रहेको छ। गठबन्धनमा कांग्रेस र एमाले दुवै रहेकाले दोष केवल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतर्फ मात्र लगाएर उम्किन नहुने उनले स्पष्ट पारे।

उक्त कार्यक्रममा शर्माले तत्कालीन गृहमन्त्री लेखकको भूमिका प्रमुख भएको उल्लेख गर्दै, पार्टीले अब ढिलाइ नगरी कारबाही प्रक्रिया थाल्नुपर्ने धारणा राखेका थिए ।

ध्चष्तभ तय द्यष्वबथब एजगथब
ि

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?