National life

नाडाकाे प्रतिनिधिमण्डल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकबीच छलफल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
519Shares
नाडाकाे प्रतिनिधिमण्डल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकबीच छलफल
ncell

काठमाडाैं । नाडाका अध्यक्ष डा. ध्रुव थापा नेतृत्वकाे प्रतिनिधिमण्डल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरबीच भेटवार्ता भएकाे छ । श्रावण २४ गते अध्यक्ष थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले विभागका महानिर्देशक ठाकुरसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हाे ।

छलफलमा अध्यक्ष थापाले विशेषगरी बाणिज्य विभागमा फर्म/कम्पनीहरु दर्ता नविकरण गर्ने क्रममा देखिएका समस्याहरु र भन्सार विभागले हालै जारी गरेको पैठारीकर्ताले आफनो सामान विक्रीका लागि बजारमा पठाउदा सो सामानमा स्टीकर लगाउनु पर्ने व्यवस्था बारे जिज्ञासा राखेका थिए ।

Royal Enfield
nic asia capital

छलफलको क्रममा महानिर्देशक ठाकुरले, पैठारीकर्ताहरुले कम्पनीको उद्धेश्यहरुमा कुन कुन सामानहरु आयात गर्ने हो कम्पनीको प्रवन्धपत्रमा सोही अनुसार खुलाएको खुलाएको हुनु पर्ने जानकारी दिए । त्यसैगरी महानिर्देशक ठाकुरले स्टिकर सम्बन्धी नियम २०७५ साल देखि लागु भईसकेको विषयलाई अहिले मात्र कार्यान्वयनमा लैजान लागेको र यसको कार्यान्वयनमा विभिन्न व्यावहारिक समस्याहरु देखिएको सन्दर्भमा त्यसको सहजीकरका लागि विभागले सहयोग समेत गर्ने बताए ।

सो छलफलमा उपस्थित भएका नाडाका सचिव बिक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस डिष्ट्रिव्युटर्स समितिका सभापति सुनिल रिजाल तथा केन्द्रीय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छाले ती नीतिहरुको कार्यान्वयनमा आउने समस्याहरु बारे चर्चा गरेका थिए ।

उक्त छलफलमा विभागका सम्बन्धित निर्देशकहरु समेतको उपस्थिती रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?