National life

‘रिलायबल समृद्धि योजना–२’को इकाई बिक्री वैशाख २९ गतेदेखि

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
908Shares
‘रिलायबल समृद्धि योजना–२’को इकाई बिक्री वैशाख २९ गतेदेखि
ncell

काठमाडाैं । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई बिक्री यही वैशाख २९ गतेदेखि हुने भएको छ। रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।

कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ४० लाख कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रिलायबल क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
908SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?