National life

विमानस्थलबाट बरामद सुन टक्सारमा जोख्ने प्रक्रिया सुरु, यसरी जोखिँदैछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
482Shares
विमानस्थलबाट बरामद सुन टक्सारमा जोख्ने प्रक्रिया सुरु, यसरी जोखिँदैछ
ncell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र दिएपछि महाशाखा सुन जोख्ने प्रक्रिया सुरु गरेकाे हाे ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र आफूहरुलाई प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनका अनुसार टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुनेछ ।

Royal Enfield
nic asia capital

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

सुन छुट्याइ सकेपछि एकैदिनमा जोखेर सकिन्छ, त्यसपछि गुणस्तर जाँचका लागि थप तीन दिन लाग्ने उनले बताए ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?