National life

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
948Shares
९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
ncell

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डिल्लीबजारस्थित एडुपोर्ट प्रालिका सञ्चालक रूपक कोइराला, राजेश भण्डारी, सन्तोष खतिवडा, पुतलीसडकस्थित वेस्टफोर्ड एजुकेसनका सञ्चालक चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) पक्राउ परेका छन्।

यस्तै, बानेश्वरस्थित प्रोप एभियसनका सञ्चालक सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डे र कालिमाटीस्थित एस्पायर ग्लोबलका सञ्चालक विशाल चापागाईंलाई पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार ती कन्सल्टेन्सीहरूले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको कमिसन फर एकेडेमिक एक्रिडिटेसन (सीएए) बाट स्वीकृति नपाएका शैक्षिक संस्थामा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउने र त्यस्ता कलेजमा अध्ययन गरेपछि फ्रान्स, अष्ट्रेलियालगायत देशका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ हुने भन्दै विद्यार्थीलाई प्रलोभनमा पारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूविरुद्ध ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान भइरहेको ब्युरोको भनाइ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
948SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?