National life

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
912Shares
आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने
ncell

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

घटना हुनुअघि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो । महानगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसको केही समयपछि सोही बाइकको पेट्रोल झिकेर उनले आफैँलाई आगो लगाएका थिए ।

यसबारे महानगरले सरकारले बनाउने छानबिन समितिलाई सहयोग गर्ने पनि बताएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले जारी विज्ञप्तिमा उल्लेख छ, ‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
912SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?