National life

बालयौन दुरुपयोग आरोपमा ललितपुरको बालबालिका हेरचाह केन्द्रका सञ्चालक पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
484Shares
बालयौन दुरुपयोग आरोपमा ललितपुरको बालबालिका हेरचाह केन्द्रका सञ्चालक पक्राउ
ncell

काठमाडौँ । बालयौन दुरुपयोगको आरोपमा ललितपुरको बुङ्‌मतीस्थित बालबालिका हेरचाह केन्द्रका सञ्चालक पक्राउ परेका छन् । हुम्लाको सिमिकोट गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं २२ बुङ्‌मतीमा ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्ने ४१ वर्षीय दत्तसिंह बुढालाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो ।

उनले गत असारदेखि साउन २६ गतेसम्म सोही चाइल्ड केयरमा बस्ने ८ वर्षीया बालिकालाई संवेदनशील अंग तथा शरीरका विभिन्न भागमा समाउने, सुमसुम्याउने गरेको र बालिकाले अस्वीकार गर्दा दत्तसिंहले उनलाई निलडाम हुने गरी कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार शारिरीक यातना दिई बालयौन दुरुपयोग गरेको जाहेरी दरखास्तका आधारमा ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टरका सञ्चालक दत्तसिंह बुढालाई पक्राउ गरिएको हाे ।

Royal Enfield
nic asia capital

आइतबार उनलाई थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?