National life

नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
686Shares
नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन
ncell

काठमाडौँ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ ।

दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाण्डौबाट भर्चुअल्ली गर्नुका साथै दुलेगौंडा शाखा, तनहूंको उद्घाटन भौतिक रूपमा गरेका थिए ।

उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे, संचालक, पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पन्त , प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरू तथा ग्राहकहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकले यस नयाँ शाखा सञ्चालनबाट ग्राहक वर्गहरूमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ । हाल यस बैंकले १०० शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?