National life

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री उद्धार कोषमा रु. १.३१ करोड सहयोग

संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन दृढ प्रतिबद्ध रहेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|२५ भदौ २०८३, बिहिबार
1.1kShares
नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री उद्धार कोषमा रु. १.३१ करोड सहयोग
ncell

काठमाडौ । नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित ब्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एकतीस लाख रकम सहयोग प्रदान गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख संचालन अधिकृत, बिकास आनन्द, प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख अन’पालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रविन म’नि बजा्रचार्य तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग उपलब्ध गराउने बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कल्याण प्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ।

बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै, प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको पुनरुत्थान, पुनःस्थापना, तथा समग्र कल्याणमा सार्थक योगदान पु¥याउन र संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन दृढ प्रतिबद्ध रहेको छ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?