काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा कायम भएको हो ।
नेप्सेमा सूचीकृत कुल २९४ कम्पनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।कारोबारको अघिल्लो दिन घटेको शेयर बजार २०.६७ अंकले बृद्धि भएर १८५०.३३ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै कारोबार भएका कम्पनीहरुमध्ये १९५ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा बुद्धभुमी हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, माथिल्लो मैलुङ्ग खोला, थ्रीस्टार हाइड्रोपावर, पिपल्स हाइड्रोपावर लगायतको शेयर बढेको छ ।































