National life

माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणलाई आइपीओ खुला गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
426Shares
माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणलाई आइपीओ खुला गर्ने
ncell

काठमाडौं । माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यो मध्ये १०% अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भइसकेको छ । यस्तै, ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँड भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो ।

जसअनुसार १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?