National life

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.5kShares
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
ncell

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भई आजदेखि एकीकृत कारोबार सञ्चालन हुने भएको छ। मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको जानकारी दुवै संस्थाले दिएका छन्। स्वीकृति अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय दायित्वहरू अब गाभ्ने संस्था पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ, जुन पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको स्थान हो।

यसैबीच नेप्सेले दुवै संस्थाको सेयर कारोबार आजदेखि नै रोक्का राख्ने भएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको थियो। समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको हो।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पूँजीकोष अनुपात तोकिएको न्यूनतम सीमाभन्दा निकै तल पुगेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?