काठमाडौं। रिलायबल समृद्धि योजना–२ का इकाइहरू अब नेप्सेमा सूचीकृत भई दोस्रो बजार कारोबारका लागि तयार भएका छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालनमा रहेको उक्त योजना साउन २२ गते नेप्सेमा सूचीकृत भएको हो।
नेपाल धितोपत्र बोर्डले २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनका लागि स्वीकृति दिएको यस योजनाको अन्तिम बाँडफाँट असार ४ गते सम्पन्न भएको थियो।
बन्दमुखी सामूहिक लगानी कोषअन्तर्गत रहेको यस योजनामा १२ करोड ५० लाख इकाइ रहेका छन्।
यस योजनाका इकाइहरूको दोस्रो बजारमा कारोबार भने साउन २५ गतेदेखि सुरु हुने भएको छ। योजना व्यवस्थापन पक्षका अनुसार यसले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ।

































