National life

ब्रिटिस कलेजद्वारा ‘करिअर क्वेस्ट- २३’ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
628Shares
ब्रिटिस कलेजद्वारा ‘करिअर क्वेस्ट- २३’ सम्पन्न
ncell

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘करिअर क्वेस्ट– २३’ सम्पन्न गरेको छ।

बिहीबारबाट सुरु भएको ‘करिअर क्वेस्ट– २३’ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

क्वेस्टमा एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, बीबीए, बीएससी कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्सका विद्यार्थीहरु सहभागितामा विज्ञहरुसँगै कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याकक्रडेनले एक साताको सशक्तिकरणको कक्षा प्रदान गरीएको कलेजले जनाएको छ ।

कलेजका अनुसार कार्यक्रममा २६ ठूला कम्पनीहरुको सहभागिता रहेको थियो ।

Royal Enfield
nic asia capital
कम्पनीहरुमा कलेजका वर्तमान तथा भूतपूर्व गरी २५० जना विद्यार्थीहरुले इन्टर्नसीप तथा कामको लागि अन्तर्वार्ता दिएका थिए।

कार्यक्रमबारे बोल्दै इन्टर्नसीप प्लेसमेन्ट तथा आल्मुनी अफिसर शिवानी अधिकारीले भनिन्, ‘क्वेस्टमार्फत हामीले शिक्षा र उद्योगको आवश्यकताबीचको ग्यापलाई कम गर्ने प्रयास गरेका छौं र यस प्रयासमा स्थानीयसँगै अन्तर्राष्ट्रिय कम्पनीहरुले हाम्रा विद्यार्थीहरुलाई अवसर प्रदान गरेको छ।’

त्यसैगरी, कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले भने, ‘हामी यस कार्यक्रममार्फत विद्यार्थीहरुलाई स्वदेशमा नै उत्कृट जब तथा अवसरहरुको वातावरण तयार गर्दै आगामी दिनहरुमा हुन लागेको सम्भावित मानवीय स्रोतको ग्यापलाई पूरा गर्ने प्रयासमा लागिरहेका छौं। यो करिअर क्वेस्टलाई हामीले मिसनको रुपमा लिएको र यो प्रयासमा सफल पनि हुँदै आएको छ। म यस कार्यक्रमलाई सम्पन्न गराउने सबैलाई धन्यवाद दिन चाहान्छु र सहभागी हुनुभएका विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहान्छु।’

क्वेस्टमा प्रतिष्ठित कम्पनीहरु अलाया, सुबिसु, लिपफ्रग, ईसेवा, स्प्राउट/क्लाउड फ्याक्ट्री, जेनेस सोलुसन्स, सिप्रदी, एफवान सफ्ट इन्टरनेशनल प्रा.लि. एमएडब्लु, वल्र्डलिङ्क, आईएईएसटीई, खल्ती, क्विक फक्स कन्सल्टिङ, लक्ष्मी ग्रुप, दराज, इन्डेक्स डिस्ट्रिब्युटर्स प्रा.लि. (विशाल ग्रुप), युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रा.लि. स्पार्क ग्रुप, द्वारिका, पञ्चकन्या, अक्वेर सफ्टवेयर प्रा.लि., हान्सिकर टक्नोलोजीज, जेनेस एकेडेमी, कोड रश र ब्रिटिस कलेज आफैं पनि सहभागी भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?