National life

उपत्यका सहित देशभरको तापमान घट्दो, यी स्थानमा हिमपातका सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
624Shares
उपत्यका सहित देशभरको तापमान घट्दो, यी स्थानमा हिमपातका सम्भावना
ncell

काठमाडौँ । देशभरमा चिसो बढ्न सुरु भएसँगै जनजीवन प्रभावित बन्दै गएको छ । काठमाडौँको तापमान पनि ओह्रालो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको भन्दै मौसमी तापमान थप घट्ने जनाएको छ ।

विभागले आज काठमाडौँ उपत्यकाभित्र अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बिचमा रहने प्रक्षेपण गरेको छ ।

Royal Enfield
nic asia capital
चिसो मौसममा खास गरी बालबच्चा, सुत्नेकरी, गर्भवती, बुढाबुढी, रोगीहरूलाई समस्या हुने चिकित्सकको भनाई छ ।  चिसोबाट बच्नका लागि उचित व्यवस्थापन गरिएन भने रुघा, खोकी, ज्वरो, निमोनिया हुने खतरा रहन्छ ।

चिसो मौसम सहित देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

मौसम विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?